सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी, यी हुन् छलफलका एजेण्डा

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि गठबन्धन बलियो भएको बताएका सत्ताधारी दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।स्थानीय चुनाव, चुनावी गठबन्धन, संवैधानिक तथा राजनीतिक नियुक्ति लगायतको विषयलाई सत्ताधारी दलका नेताहरुले छलफलको एजेण्डा बनाएका छन् ।

राष्ट्रिय जनमोर्चाले गठबन्धन छाडेको छ भने बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपाका शीर्ष नेता सहभागी छन्।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई छन्।यस्तै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, माओवादी नेता नारायणकाजी श्रेष्ठ, देव गुरूङ पनि बैठकमा सहभागी रहेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

  • १९ फाल्गुन २०७८, बिहीबार ११:१४ प्रकाशित