एमसीसी आजै पारित गर्ने गठबन्धनको निर्णय

केन्द्रभाग मिडिया

काठमाण्डौँ ।

सत्तारुढ गठबन्धनले एमसीसी आजै पास गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभाको बैठकमा यस पहिले एमसीसी टेबुल भइसकेको छ । गठबन्धन भित्र सहमती हनु नसके पछि सरकारको आग्रहमा सभामुखले प्रतिनिधि सभाको बैठक सादै आएका थिए ।

बालुवाटारमा भर्खरै सम्पन्न बैठकले एमसीसी आजै पास गर्ने निर्णय गरेको हो । सरकारले संसदमा उठेका प्रश्नहरुको जावाफ दिने छ । गठबन्धनमा व्याख्यात्मक टिप्पणीसमेत संलग्न हुनेगरी एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय भएको थियो ।

  • १५ फाल्गुन २०७८, आईतवार ११:३९ प्रकाशित