एमसीसी पारित गर्न माओवादी तयार

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेकपा माओवादीले मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पारित गर्ने निर्णय गरेको छ। माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले व्याख्यात्मक विश्लेषणसहित एससीसी पारित गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रका एक नेताले एमसीसीमा रहेको विवादित विषयमा ब्याख्यात्मक विश्लेषणसहित पारित गर्ने निर्णय भएको बताएका छन् । सत्ता गठबन्धनमा एमसीसी बारेको विवादित बुँदामा ब्याख्यात्मक विश्लेषण भएको जनाइएको छ । सो बुँदा माओवादीले पनि अनुमोदन गरेसँगै अब गठबन्धनमा एमसीसी बारेको विवाद मिलेको छ ।

  • १५ फाल्गुन २०७८, आईतवार १०:४३ प्रकाशित