रुससँग लड्न युक्रेनले आफ्ना नागरिकलाई बाँड्यो हतियार

केन्द्रभाग मिडिया

काठमाडौं ।

रुसले युक्रेनमाथि आक्रमण जारी राखेको छ ।

आज तेस्रो दिन पनि रुसले युक्रेनमाथि रक्तपातपूर्ण आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। रुसी सेनाको सामना गर्न युक्रेनले आफ्ना नागरिकहरुलाई हतियार बाँडेको छ । युक्रेनी सेना पनि रुसी सेनासँग निरन्तर लड्दै देश जोगाउन प्रयासरत छन् ।

रुसी सेनाको आक्रमणबाट हालसम्म युक्रेनमा २ सय जनाको मृत्यु भइसकेको र एक हजारभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

युक्रेन सरकारले रुसी सेनाको सामना गर्न सम्भव भएसम्मका सबै उपाय अपनाउन आह्वान गर्दै राजधानी किभवासीलाई हतियार उपलब्ध गराएको छ ।

  • १५ फाल्गुन २०७८, आईतवार ०९:११ प्रकाशित