आज केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसा सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश सामान्य वदली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

दिउँसो सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य वदली तथा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही वाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भू-भागहरुका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ् र हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ ।

राति पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना हेको छ ।

  • १५ फाल्गुन २०७८, आईतवार ०७:०९ प्रकाशित