प्रधानन्यायाधीशमाथि लागेको महाभियोगविरुद्धको रिट संवैधानिक इजलासमा

केन्द्रभाग मिडिया

काठमाडौं ।
चोलेन्द्र शमशेर जबरामाथि लागेको महाभियोगकाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरू पुण्य खतिवडा, दीपक मिश्र, त्रिलोक विक्रम चन्द लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

गत फागुन १ गते दर्ता भएको महाभियोगको प्रस्तावकोविरुद्धमा अन्तरिम आदेशसहित उत्प्रेषण, परमादेशलगायत अन्य उपयुक्त आदेश जारी गरी पाउँ भनि दायर भएको रिट संवैधानिक इजलासमा दर्ता भएको हो।

रिट निबेदन भने कामु प्रधानन्यायाधीश दिपककुमार कार्कीको निर्देशनमा संबैधानिका इजलासमा पठाइएको छ । सामान्यता संबिधानको ब्याख्याको माग दाबी भएको मुद्दाहरुमात्रै संबैधानिक इजलासमा सुनुवाई हुन्छ, तर निवेदकहरुको अनुसार उक्त रिटमा संबैधानिक ब्याख्याको कुनै पनि मागदाबी गरिएको छैन।

विगतमा पनि तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीउपर बिभिन्न आरोप लगाई प्रतिनिधिसभामा महाभियोगको प्रस्ताव दर्ता भएको थियो र सो उपर अधिवक्ता सुनिलरञ्जन सिंह समेतले व्यवस्थापिका संसदसमेतलाई प्रत्यर्थी बनाई दायर गरेको रिटमा चोलेन्द्र राणाको एकल इजलाशले सुनुवाई गर्दै अन्तरिम आदेश दिएको थियो।

  • १२ फाल्गुन २०७८, बिहीबार १३:१४ प्रकाशित