आज यी प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार अहिले सुदुर पश्चिम प्रदेशको पहाडी भेगका एक दुई स्थानहरूमा हल्का वर्षा भएको छ। बाँकी भू-भागमा आंशिक बदली रहेको छ।

आज दिउँसो सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ ।

बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

  • ११ फाल्गुन २०७८, बुधबार ०८:५० प्रकाशित