नेपालमा थप ४७६ जनामा संक्रमण, तीन संक्रमितको निधन

केन्द्रभाग मिडिया

पोखरा ।
नेपालमा पछिल्लो २४ घन्टामा थप ४७६ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ४२४ वटा नमुना परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा थप ३ संक्रमितले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९२८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा ८३१ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १० हजार ७४७ जना सक्रिय संक्रमित रहेका छन् ।

  • १० फाल्गुन २०७८, मंगलवार १७:३५ प्रकाशित