सुख्खा पहिरो अपडेटः ज्यान गुमाउने व्यक्ति उपभोक्ता समितिका अध्यक्ष, घाईतेको उद्धार

केन्द्रभाग मिडिया

Filephoto

बागलुङ ।

बागलुङमा सुख्खा पहिरोमा परि ज्यान गुमाउने व्यक्ति निर्माण उपभोक्ता समितिका अध्यक्ष रहेको खुल्न आएको छ ।

बाटो खन्ने क्रममा खसेको पहिरोमा परि निर्माण  उपभोक्ता समितिका अध्यक्ष गोपी वि.कको ज्यान गएको बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी दिए ।

पहिरो खसेको ठाउँ अप्ठेरो भएकोले ढिला गरि पुगेको सुरक्षाकर्मीले अहिले शव उद्धार गरिसकेको छ। सो पहिरोमा परि दुई जना घाईते भएको र उनीहरुको उद्धार गरि उपचारको लागि अस्पताल पठाइएको ढकालले बताए ।

ढकालको अनुसार उपभोक्ता समितिका अध्यक्ष वि.कको बाटो खन्ने कामदारलाई काममा लगाउनका लागि खटिएको बेला माथिबाट खसेको पहिरोमा परि ज्यान गएको हो ।

ढकालले भने,‘ज्यान गुमाउने व्यक्ति उपभोक्ता समितिका अध्यक्ष भन्ने बुझिएको छ, उहाँ कामदारलाई काममा लगाउनका लागि त्यहाँ पुग्नुभएको रहेछ ।’

पहिरोमा परि घाईते भएका दुई जनाको उद्धार गरि उपचारको लागि पठाइएको ढकालले बताए ।पहिरो बडिगाड गाउँपालिका ७ गोठान भन्ने ठाउँमा आज बिहान साढे १० बजे खसेको हो ।

  • १० फाल्गुन २०७८, मंगलवार १४:५२ प्रकाशित