गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन २६ बाट

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन २६ बाट सुरु हुने भएको छ । प्रदेश सरकारको सिफारीसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन २६ बाट सुरु हुने गरि अधिवेशनको आव्हन गरेका हुन् ।

फागुन ९ गते बसेको मन्त्रीपरिषद्को बैठकले फागुन २६ गतेका लागि प्रदेश सभाको बैठक आहन गर्न प्रदेश प्रमुख पृथ्वी मान गुरुङलाई सिफारीस गर्ने निर्णय गरेका थियो ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी जितेन्द्र जंग केसीले फागुन २६ बाट अधिवेशन सुरु हुने गरि प्रदेश प्रमुखको कार्यालयबाट पत्र प्राप्त भएको जानकारी दिए । गण्डकीमा असोज ५ गते बजेट अधिवेशन अत्य भएको थियो ।

एक अधिवेशनबाट अर्को अधिवेशनको बढिमा ६ महिना भन्दा फरक गर्न नपाईने कानूनी बाध्यतालाई टेकेर सरकारले अधिवेशन आव्हन गर्न प्रदेश प्रमुखलाई सिफारीस गरेको हो ।

प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश सभा बैठक बोलाउन सरकारसंग माग गरिरहेको थियो ।

  • १० फाल्गुन २०७८, मंगलवार १४:०७ प्रकाशित