मतदाता नामावलीमा त्रुटि भए सच्याउन के गर्ने ? यस्तो छ तरिका

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले मतदाता नामावलीमा भएको विवरणमा कुनै त्रुटी भए इमेलर फ्याक्सबाट समेत निवेदन दिन सकिने जनाएको छ ।

निर्वाचन आयोगले सोमबार एक सूचना जारी गर्दै कुनै मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटी भएको भए सोलाई सच्याउन यसअघि सम्बन्धित निर्वाचन कार्यालयमा भौतिक रुपमा उपस्थित भई तोकिएको फाराम भरी निवेदन दिने व्यवस्था रहेकोमा अब त्यस्तो गर्न नपर्ने जनाएको हो ।

आयोगले फागुन ५ को निर्णय अनुसार सवै निर्वाचन कार्यालयलाई परिपत्र गरी इमेल/फ्याक्सबाट समेत उक्त निवेदन लिन सकिने गरी निर्देशन दिइएको जनाएको छ ।

  • १० फाल्गुन २०७८, मंगलवार १०:१८ प्रकाशित