एमसीसी पेश गर्दै संसद्‍ बैठक फागुन १२ गतेसम्म स्थगित

केन्द्रभाग मिडिया

File photo

काठमाडौं।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौता संसदमा पेश भए लगत्तै प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रालयको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले अमेरिकी सहयोग सम्बन्धी सम्झौता अनुमोदनका लागि संसद् बैठकमा पेश गरेका थिए ।

एमसीसी सम्झौता पेश भए लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक स्थगित गरेका हुन् । अर्को बैठक फागुन १२ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।

  • ८ फाल्गुन २०७८, आईतवार १४:५७ प्रकाशित