फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

केन्द्रभाग मिडिया

काठमाडौं ।

पेट्रोलियम प्रदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले शनिबार मध्यराति देखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो । भारतीय आयल र्कोरेशनल पठाएको नयाँ मूल्यसूचीअनुसार शनिबार रातिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको जानकारी दिएको छ ।

निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मटितेलमा ३र३ रुपैयाँ बढेको हो ।

बढेको पेट्रोल, डिजेलको मूल्य अहिलेसम्मकै रेकर्ड हो । निगमले माघ १८ गते मूल्य समायोजन गर्दा पनि खुद्रा बिक्री मूल्य हालसम्मकै उच्च थियो । यसअघि २०७० फागुन ३० गते प्रतिलिटर १ सय ४० रुपैयाँ थियो । त्यसपश्चात् मूल्य घटबढ हुँदै अहिले हालसम्मकै उच्च रेकर्ड कायम गरेको हो ।

यस्तै, निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ । मूल्य समायोजन पश्चात् पनि निगमलाई १५ दिनमा २ अर्ब १५ करोड रुपैयाँ घाटा हुने जनाएको छ ।

  • ८ फाल्गुन २०७८, आईतवार ०७:१२ प्रकाशित