दानबहादुर कार्कीको रिटमा बहस सकियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने सरकारको निर्णयविरुद्ध निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा बहस सकिएको छ ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश नृपधवज निरौला र श्रीकान्त पौडेलको इजलासमा दुवै पक्षको बहस सकिएको हो ।

आफूलाई गैरकानुनी रूपमा आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएको दाबीसहित सरकारको निर्णय रोक्न माग राखेर कार्की सर्वोच्च पुगेका थिए ।

बालेन्द्र शाह सरकारले कार्कीलाई सुरक्षा सल्लाहाकारमा सरुवा गर्दै डा। मनोजकुमार केसीलाई आईजीपीमा नियुक्त गरेको थियो ।

  • ९ मंसिर २०८३, बुधबार १६:४६ प्रकाशित