काठमाडौं ।
चालु आर्थिक वर्ष २०८३/८४ पहिलो चार महिना (साउन–कात्तिक) मा करिब साढे ५ अर्ब रुपैयाँ बराबरको धानचामल आयात भएको छ ।
भन्सा विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त अवधिमा ५ अर्ब ४१ करोड ४८ लाख २१ हजार रुपैयाँ बराबरको ६८ हजार २ सय २७ टन (६ करोड ८२ लाख २७ हजार ३ सय ९९ किलो) धानचामल आयात भएको छ ।
साउनदेखि कात्तिक मसान्तसम्म वैदेशिक व्यापार तथ्यांक अनुसार गत आव २०८२/८३ को सोही अवधिको तुलनामा धानचामल आयात परिमाणमा ६३.१६ र मूल्यमा ४६।८३ प्रतिशत भारी गिरावट आएको छ ।
गत आव पहिलो चार महिनामा १० अर्ब १८ करोड ४९ लाख ९ हजार बराबरको १ लाख ८५ हजार १ सय ९८ टन धानचामल भित्रिएको थियो ।
अघिल्लो वर्षको तुलनामा चालु आव सोही अवधिमा धानचामल आयात परिमाण १ लाख १६ हजार ९ सय ७० टन र मूल्य ४ अर्ब ७७ करोड ८८ हजार रुपैयाँ घटेको हो ।
चालु आव साउन–कात्तिक अवधिमा १ अर्ब ३ करोड ६९ लाख ९६ हजार रुपैयाँ बराबरको २२ हजार ९ सय २ टन धान मात्रै आयात भएको छ ।
यसमा १ अर्ब ३ करोड ६४ लाख ९५ हजारको २२ हजार ९ सय २ टन र ५ लाख १ हजार रुपैयाँको ६७ किलो धानको बिउ समावेश छ ।
गत आव पहिलो चार महिनामा भने ३ अर्ब ५९ करोड ९० लाख १६ हजार ९६ हजार ९ सय ७० टन धान आयात भएको थियो ।













