प्रधानमन्त्री शाह र भारतीय समकक्षीबिच भेटवार्ता

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबिच ‘हैदराबाद हाउस’ मा भेटवार्ता सुरु भएको छ ।

दुई देशका प्रधानमन्त्रीबिचको उक्त वार्तापछि दिउँसो १२:२५ बजे ‘हैदराबाद हाउस’ मै समझदारीपत्र (एमओयू) हरूको आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी हुनेछ।

सोमबार बिहान शाहलाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा उनलाई औपचारिक स्वागत गरिएको थियो । त्यसलगत्तै उनले बिहान राजघाट पुगेर पुष्पहार अर्पण गरेका थिए।

त्यसपछि दिउँसो ३स्१५ बजे प्रधानमन्त्री शाहले राष्ट्रपति भवन पुगेर भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ। दिनभरका महत्त्वपूर्ण औपचारिक तथा कूटनीतिक कार्यक्रमहरू सम्पन्न गरी उनी अपराह्न ४:५० बजे स्वदेश फिर्ताका लागि प्रस्थान गर्ने कार्यसूची रहेको छ।

आइतबार भारत पुगेका प्रधानमन्त्री शाहले त्यहाँ भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरिसकेका छन् ।

  • ७ मंसिर २०८३, सोमबार ११:२५ प्रकाशित