आज सुनको मूल्य बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

साताको कारोबारको दोश्रो दिन सोमवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४८०० रुपैयाँले बढेको हो ।

आज सुनको मुल्य तोलामा ४८०० रुपैयाँले बढेर २ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य ४५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

  • ७ मंसिर २०८३, सोमबार ११:१८ प्रकाशित