एमाले सांसदहरुले भने,‘चुनावको मुखमा जबरालाई बोक्न सकिन्न’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका सांसदहरुले चुनावको मुखमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई बोक्न नसकिने बताएका छन् ।

विशेषगरि एमालेको महाधिवेशनमा पराजित भएपछि पार्टीको निर्णायक भूमिकामा नरहेका भीम रावल र घनश्याम भुसालले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई नबोक्न नेतृत्वलाई सुझाव दिएका छन् ।

संसदीय दलको बैठकमा बोल्ने क्रममा रावल र भुसालले चुनावको मुखमा चोलेन्द्र र एमसीसी बोकेर जान नसकिने बताएका हुन् । अरु न्यायाधीशमाथिको महाअभियोगबारे पनि उनीहरुले सोचेरमात्र कदम चाल्नुपर्ने बताएका छन् ।

  • २ फाल्गुन २०७८, सोमबार १५:१० प्रकाशित