काठमाडौं ।
सोमबार भारतका लागि राजदूतमा नियुक्त भएका डा। निश्चलनाथ पाण्डे भोलि नै नयाँ दिल्ली जाने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणको तयारीका लागि उनी नयाँ दिल्ली जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राजदूत पाण्डेको भारत जाने तयारी पुरा भएको छ । उनले भोलि नै गएर आफ्नो जिम्मेवारी सम्हाल्ने बताइएको छ । प्रधानमन्त्री शाह मङ्सिर ६ गते तीन दिने भ्रमणका लागि भारत जाँदैछन् । यद्यपि, सरकारले हालसम्म मिति घोषणा गरेको छैन ।
पाण्डेले राजदूतमा सिफारिस भएपछि संसदीय समितिमा पनि प्रधानमन्त्री शाहको भारत भ्रमणलाई पहिलो प्राथमिकतामा राख्ने बताएका थिए ।
प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डा लगभग तय भइसकेको छ, त्यसलाई पूर्णता दिन दुवै देश लागेका छन् । त्यसैका लागि राजदूत पाण्डे मंगलबार भारत जान लागेका हुन् ।












