स्थानीय तहको चुनावमा रास्वपा चौथो पार्टी बन्छ : महेश बस्नेत

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी स्थानीय तहको निर्वाचनमा रास्वपा चौथो दल बन्ने दाबी गरेका छन्।

आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले एमालेको आन्तरिक सर्वेक्षणले एमाले पहिलो पार्टी बन्ने देखिएको दाबी गर्दै रास्वपा चौथो दल बन्ने बताएका हुन् ।

उनले भने, ‘आगामी स्थानीय निर्वाचनमा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहने अनुमान छ।’

उनले बालेन शाह नेतृत्वको सरकारले जनभावना र जनताको अपेक्षाअनुसार काम नगरे सदनदेखि सडकसम्म आन्दोलन गर्ने चेतावनी समेत दिए।

  • ३० कार्तिक २०८३, सोमबार १६:४९ प्रकाशित