२२ करोड बराबरको कोकिनसहित त्रिभुवन विमानस्थलबाट लागुऔषधका अन्तर्राष्ट्रिय तस्कर पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

२२ करोड रुपैयाँ बराबरको कोकिनसहित(सेतो हेरोइन) एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवाज तिघरी नाम गरेका व्यक्ति रहेको लागुऔषध नियन्त्रण ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिएका छन्।

हवाई मार्ग हुँदै लागुऔषध ओसारपसार हुनसक्ने भन्दै संकित व्यक्तिहरूको प्रोफाइलिङ गर्ने क्रममा उनी पक्राउ परेको प्रहरीले बताएको छ । हिजो २८ कात्तिकमा थाइल्याण्डबाट काठमाडौं आएका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् ।

उनी यसअघि लाओसबाट २ पटक नेपाल आएको पाइएको छ । पहिलो पटक हवाईमार्गबाट नेपाल आएका उनी दोस्रो पटक भारतबाट स्थलमार्ग हुँदै नेपाल आएको एसपी रेग्मीले बताए ।

उनले लाओससँगै जिम्बाबे, सुडान, बंगलादेश, भियतनाम, कम्बोडियाको समेत भ्रमण गरिसकेका छन् । उनी लागुऔषध कारोबारीको अन्तर्राष्ट्रिय सञ्जालका मुख्य व्यक्ति रहेको प्रहरीले बताएको छ ।

उनीबाट बरामद भएको सेतो हेराइन साढे पाँच किलोको बजार मूल्य २२ करोड प्रहरीले बताएको छ ।बरामद हेरोइनको गन्तव्य भारत रहेको प्रहरी अधिकारीको भनाइ छ ।

  • २९ कार्तिक २०८३, आईतवार १३:४८ प्रकाशित