नेकपा संयोजक प्रचण्ड रुस प्रस्थान

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड विश्व सम्मेलनमा सहभागी हुन रुस प्रस्थान गरेका छन् ।

अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म हुने ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड शुक्रबार रुस प्रस्थान गरेका हुन् ।

प्रचण्डसँगै प्रमुख स्वकीय सचिव गोविन्द आचार्य पनि रुस गएका छन् । उक्त सम्मेलनमा विभिन्न ६० भन्दा धेरै देशका राजनीतिक व्यक्तित्व तथा प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ ।

  • २७ कार्तिक २०८३, शुक्रबार ११:३१ प्रकाशित