काठमाडौं ।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा ५ पुरुष, ३ महिला र २ बालिका रहेको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुर प्रहरीका अनुसार दुर्घटनामा ५ जना घाइते भएका छन्। घाइते हुनेमा ३ पुरुष र २ बालक छन्।
बिहीबार बिहान करिब ६स्१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो। गाडीमा १५ जना सवार रहेको प्रारम्भिक अनुमान छ।
घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार कार्यका लागि खटिएको छ भने नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त टोलिले उद्धार जारी राखेको छ।
घाइते तीन जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।











