काठमाडौं ।
सुख्खा पहिरेका कारण अबरुद्ध बनेको पृथ्वी राजमार्ग पूर्णरुपमा सञ्चालनमा आएको छ । चितवनको घोप्टेभीरमा सुख्खा पहिरो खस्दा बिहान दुईतर्फी रुपमा सडक अबरुद्ध भएको थियो ।
अबरुद्ध सडक दिउँसो करिव ३ः३० बजे खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक चन्द्रभुषण यादवले जानकारी दिए ।
पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएसंगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् ।












