पोखरा ।
आज आइतबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ स्थिर छ । हिजो यी सबै मुद्राको भाउ घटेको थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।
गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरी आज युरो १ को खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा छ। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ७४ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४३ पैसा छ। त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ४८९ रुपैयाँ ०७ पैसा छ।
आज बहराइन दिनार १ को खरिददर ३९७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ। त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
त्यसैगरी आज स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ १९ पैसा र बिक्रीदर १८३ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५० पैसा तोकिएको छ।
आज जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४८ पैसा र बिक्रीदर २२ रुपैयाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४० रुपैयाँ ११ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ १६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३२ पैसा कायम भएको छ।
त्यसैगरी थाई भाट एकको खरिददर चार रुपैयाँ ४७ पैसा र बिक्रीदर चार रुपैयाँ ४९ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४० रुपैयाँ ९९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११ रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १८ पैसा र बिक्रीदर १५ रुपैयाँ २४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा तोकिएको छ।
त्यसैगरी आज हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २१ पैसा, ओमनी रियाल एकको खरिददर ३८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ०५ पैसा रहेको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध छ ।













