एनपीएलमा सट्टेबाजी खेलाएको आरोपमा एक पक्राउ

केन्द्रभाग मिडिया

symbolic picture

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटमा सट्टेबाजी खेलाउने कार्यमा संलग्न रहेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१७ ठमेल बस्ने भारत बिहार राज्य भोजपुर टाउन थाना घर भएका ३२ वर्षीय सोनुकुमार सिन्हा रहेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको एनपीएलमा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्नेरगराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनले विभिन्न अनलाइन बेटिङ साइटहरूबाट ८९ लाख ८१ हजार ७ सय २९ रूपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

उनलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

  • १९ कार्तिक २०८३, बिहीबार १३:३५ प्रकाशित