पोखरा ।
आज सुनको भाउ उच्चदरमा बढेको छ ।
बिहीबार सुनको भाउ तोलामा १३ हजार ३ सय रुपैयाँ बढेर २ लाख ८८ हजार ९ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेर २ लाख ७५ हजार ६ सय कायम भएको थियो।
मंगलबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ र सोमबार तोलामा २ हजार ३ सय रुपैयाँ बढेको थियो।
गत आइतबार सुनको भाउ तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको थियो भने त्यसअघिका चार दिनमा सुनको भाउ ५ हजार रुपैयाँ बढेको थियो।
यही कात्तिक ८ गते भने सुनको भाउ तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको थियो। सुनचाँदीको भाउमा विगत केही समययता निरन्तर उतारचढाव हुँदै आएको छ।
त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ ।
चाँदीको भाउ आज तोलामा २ सय ६५ रुपैयाँ बढेर ३ हजार ९ सय २० रुपैयाँ पुगेको छ। हिजो चाँदीको भाउ ३ हजार ६ सय ५५ रुपैयाँ थियो ।
गत वर्षको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो । चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।











