माधव नेपालसहित १४ सांसदविरुद्धको रिटमा आजपनि सुनुवाइ भएनः यस्तो छ कारण !

केन्द्रभाग मिडिया

काठमाडौं ।

माधव नेपालसहित १४ सांसदलाई कारबाही र नेकपा एकीकृत समाजवादी पार्टी खारेज गर्न माग गर्दै परेको रिटमा आज पनि सुनुवाइ भएन ।

पेशीमा चढे पनि लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीले आफु अस्वस्थ रहेकाले हटाउन माग गर्दै निवेदन दिएसँगै आजको सुनुवाई रोकिएको हो । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा उक्त रिट पेशी तोकिएको थियो।

लुम्बिनी प्रदेश सभा सचिवालयबाट प्रतिरक्षामा खटिएका व्यक्तिमा रुघा खोकी र ज्वरो देखिएपछि कोभिड आशंका भएको भन्दै पेशीबाट हटाउन माग गरिएको थियो।

त्यहीकारण सोमबारबाहेक अरु दिनको पेशीमा यथाशिघ्र सुनुवाइका लागि पेश गर्न आजको इजलासले आदेश दिएको छ।

  • १ फाल्गुन २०७८, आईतवार १५:२५ प्रकाशित