एनपीएल : आज पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज (आइतबार) एक खेल मात्रै हुँदैछ । आजको खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुनेछ ।

त्रिवि क्रिकेट मैदानमा आइतबार साँझ ५ बजे यी दुई टिमबीच आमने-सामने हुन लागेका हुन् । जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई पराजित गरेर जितको सुरुवात गरेको थियो ।

पोखरा एभेन्जर्स भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । आजको खेलमा पोखरा पहिलो जितको खोजीमा हुनेछ भने जनकपुरले दोस्रो जितको खोजिमा हुनेछ । हालसम्मको अंकतालिकमा जनकपुर पाँचौ र पोखरा अन्तिम स्थानमा छ ।

  • १५ कार्तिक २०८३, आईतवार ०८:४४ प्रकाशित