काठमाडौं ।
दसैँपछिको पहिलो कारोबारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेर २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार गत असोज ३० गते सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ थियो । आइतबार घटेर २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको हो । त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम २ लाख ३८ हजार ७७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
दसैँअघि प्रतिदश ग्राम सुनको मूल्य २ लाख ४८ हजार ७१५ रुपैयाँ थियो । यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । दसैँअघि प्रतितोला ४ हजार १५० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार घटेर ३ हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ३९१ रुपैयाँ कायम भएको छ । दसैँअघि प्रतिदश ग्राम चाँदीको मूल्य ३ हजार ५५८ रुपैयाँ थियो ।












