एनपीएलका समर्थकका लागि एक्स्ट्रीमको स्पेसल एडिसन क्यान सार्वजनिक

केन्द्रभाग मिडिया

काठमाडौं ।
क्रिकेटमा आफ्नो मनपर्ने टोलीप्रतिको माया र समर्थन देखाउने तरिका अनेक हुन्छन् । कसैले टोलीको जर्सी लगाउँछन्, कसैले झन्डा फहराउँछन् त कसैले मैदानमै पुगेर हुटिङ गर्दै खेलाडीको हौसला बढाउँछन् । अब क्रिकेट समर्थकले आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन व्यक्त गर्ने नयाँ माध्यम पाएका छन् ।

एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अवसरमा सातवटै टोलीका लोगो अंकित स्पेसल एडिसन क्यान सार्वजनिक गरेको छ । क्रिकेटको उत्साहलाई मैदानबाट बजारसम्म र समर्थकको हातहातसम्म पुर्‍याउने उद्देश्यले कम्पनीले विशेष क्यान बजारमा ल्याएको हो ।

एनपीएल सिजन–३ मा एक्स्ट्रीम इनर्जी ड्रिङ्कले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको छ । पोखरा एभेन्जर्ससँग भने जर्सीको छातीमा लोगो रहने गरी प्रायोजन साझेदारी गरिएको कम्पनीले जनाएको छ ।

सात टोली, सात पहिचान

क्रिकेटप्रेमीका लागि मनपर्ने टोली केवल एउटा नाम मात्र होइन, भावना, विश्वास र गौरवसँग जोडिएको पहिचान पनि हो । मैदानमा प्रत्येक रनसँगै बढ्ने उत्साह होस् वा विकेट खस्दा गुञ्जिने हुटिङ, समर्थकको यही भावनाले क्रिकेटलाई थप रोमाञ्चक बनाउँछ । यही भावनालाई आत्मसात् गर्दै एक्स्ट्रीमले सातवटै टोलीका लोगो समेटिएका विशेष क्यान सार्वजनिक गरेको हो । अब समर्थकले आफ्नो मनपर्ने टोलीको पहिचान अंकित क्यानमार्फत पनि समर्थन व्यक्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यो पहलले क्रिकेटप्रेमीलाई आफ्नो टोलीसँग थप नजिक जोड्नेछ । साथै, युवापुस्ताको रुचि र क्रिकेटप्रतिको आकर्षणलाई जोड्दै एनपीएलको उत्साहलाई खेलमैदानबाहिर पनि विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मैदानदेखि बजारसम्म क्रिकेटको रौनक

नेपाली क्रिकेटको लोकप्रिय उत्सवका रूपमा स्थापित हुँदै गएको एनपीएलले समर्थकमा विशेष उत्साह सिर्जना गर्दै आएको छ । यही उत्साहलाई थप व्यापक बनाउने उद्देश्यले एक्स्ट्रीमले स्पेसल एडिसन क्यान बजारमा ल्याएको हो ।

खेल हेर्दै टोलीको समर्थन गर्ने होस् वा साथीभाइसँग क्रिकेटबारे चर्चा गर्ने, समर्थकले अब आफ्नो मनपर्ने टोलीको लोगो भएको एक्स्ट्रीम क्यान रोज्न सक्नेछन् । यसले मैदानमा प्रतिस्पर्धा गरिरहेका टोली र मैदानबाहिरबाट समर्थन गरिरहेका दर्शकबीच भावनात्मक सम्बन्ध अझ बलियो बनाउने कम्पनीको विश्वास छ ।

एनपीएलका सात टोलीप्रति समर्पित एक्स्ट्रीम इनर्जी ड्रिङ्कका स्पेसल एडिसन क्यान उपभोक्ताले नजिकैका पसल तथा बिक्री केन्द्रबाट खरिद गर्न सक्नेछन् । अब क्रिकेटको चर्चा गर्दा मनपर्ने टोलीको नाम मात्रै होइन, हातमा त्यही टोलीको लोगो अंकित एक्स्ट्रीम क्यान पनि हुन सक्नेछ ।

  • २ कार्तिक २०८३, आईतवार २१:०१ प्रकाशित