तातोपानी नाका आजदेखि ३ दिनका लागि खुल्यो

केन्द्रभाग मिडिया

file photo

 

काठमाडौं ।

चीनसँग सिमाना जोडिएको तातोपानी नाका आजदेखि तीन दिनका लागि खुलेको छ ।

उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले आज कात्तिक १ गतेदेखि ३ गतेसम्म नाका खुलेको जानकारी दिएको हो ।मन्त्रालयका अनुसार मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहका अनुसार चिनियाँ पक्षले नेपाली पक्षको आग्रहलाई सम्बोधन गर्दै नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको हो ।

यसले नेपाल–चीन व्यापारिक आवागमनलाई सहजीकरण गर्नुका साथै चाडपर्वका बेला आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

  • २ कार्तिक २०८३, आईतवार १२:१८ प्रकाशित