पोखरा सिटी रेवानद्वारा चाडबाडको अवसरमा शुभकामना आदानप्रदान

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा सिटी रेवानको आयोजनामा बडादसैँ, तिहार, नेपाल संवत्, छठ पर्व तथा ल्होसारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो ।

कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष चिरञ्जीवी क्षेत्रीले पर्वहरूले समाजमा आपसी सद्भाव, एकता, भाइचारा र सांस्कृतिक सहिष्णुता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले विभिन्न जातजाति, भाषा, संस्कृति र समुदायका पर्वहरू नेपाली समाजको साझा सम्पत्ति भएको उल्लेख गर्दै यस्ता अवसरले सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने धारणा व्यक्त गरे ।

शुभकामना आदानप्रदान कार्यक्रम एवं पोखरा सिटी रेवानका अध्यक्ष दिपक तिमिल्सिनाले संस्थाले सिटीमा रहेका आवद्ध व्यवसायीको हकहितमा काम गरेको चर्चागर्दै दसैँ लगायतका चाडपर्वले शुख शान्ति र समृद्धि छाउने बताए । उनले कार्यक्रममा सक्रिय सहभागीता प्रति आभार समेत प्रकट गरे ।

कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष यामबहादुर गुरुङ र पूर्वअध्यक्ष केपी शर्माले पनि पर्वहरूको अवसरमा शुभकामना मन्तव्य राखेका थिए । उनीहरूले संस्थाले सामाजिक एकता, आपसी सहयोग र सांस्कृतिक पहिचानको संरक्षणमा निरन्तर योगदान पुर्‍याउनुपर्नेमा जोड दिए । चाडपर्वले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई नजिक बनाउने भएकाले यस्ता अवसरमा शुभकामना आदानप्रदानसँगै सामाजिक सद्भाव कायम राख्नुपर्ने उनीहरूको भनाइ थियो ।

कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष, लोकदोहोरी गायिका तुलसा क्षेत्रीलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट गण्डकी प्रदेशको भूगोलबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकोमा बधाई दिँदै सफलक कार्यकालका लागि शुभकामना दिए । क्षेत्रीको आगामी कार्यकाल सफल रहोस् भन्दै लोकदोहोरी गीतको संरक्षण, प्रवर्द्धन र विकासमा थप योगदान पुर्‍याउन शुभकामना दिए ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव केशव घिमिरेले गरेका थिए । उनले कार्यक्रमलाई व्यवस्थित रूपमा अगाडि बढाउँदै सहभागीहरूलाई स्वागत तथा धन्यवाद ज्ञापन गरेका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रमले विभिन्न पर्वका अवसरमा आपसी सद्भाव र भाइचाराको सन्देश प्रवाह गर्नुका साथै संस्थामा आबद्ध सदस्यबीच आत्मीयता र सहकार्यको भावना अभिवृद्धि गरेको आयोजकले जनाएको छ ।

  • १ कार्तिक २०८३, शनिबार १३:३८ प्रकाशित