नुवाकोटको पिपलटारमा निर्माण गरिएको अस्थायी आवास ओलीले हस्तान्तरण गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं।

नुवाकोटको पिपलटारमा बाढीपीडितका लागि निर्माण भइरहेको अस्थायी आवासको पहिलो चरणको काम सम्पन्न भएको छ ।

एमाले निकट मजदुर संगठन ९जिफन्ट०को नेतृत्वमा निर्माण गरिएका अस्थायी आवास बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओलीले हस्तान्तरण गर्ने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

उनका अनुसार १८ अस्थायी आवाससहित प्रत्येक आवासका लागि शौचालय, बिजुली, पानी लगायतको समेत व्यवस्थापन गरिएको छ ।

अस्थायी आवास निर्माण अभियानमा जिफन्ट विभिन्न स्वयंसेवकहरू सहभागी भएका थिए । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट नुवाकोट, रसुवा, धादिङ लगायतका जिल्लामा ठुलो क्षति भएको थियो ।

  • २८ आश्विन २०८३, बुधबार ११:१२ प्रकाशित