पोखरा ।
बुढीगण्डकी नदी फेरि थुनिएको छ । चुमनुव्री-३ सिर्दिवास क्षेत्रमा केही बेरयता पानीको बहाव निकै घटेको चुमनुव्रीका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बताए ।
‘जलप्रवाह ठप्पैजस्तो बनेको छ । हामी नदीनजिकै छौँ । स्थानीयसँग बुझ्दा पनि पानीको बहाव यसरी घट्दैन भन्ने छ,’ उनले भने ।
बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति पुगेको छ । आज बिहान ४ः०० बजे ती गाउँमा बाढी पसेपछि नदी स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए ।











