यातायात क्षेत्रका समस्या र सरोकारका बिषयमा अन्तरक्रिया

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला समन्वय समिति कास्कीले यातायात क्षेत्रका समस्या र सरोकारका बिषयमा सरोकारवालाहरूसंग शुक्रवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले यातायात क्षेत्रमा देखिएका समस्या र तिनीहरुको समाधान गर्ने तथा सेवाग्राहीका गुनासा समाधान गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

प्रमुख पौडेलले यातायात ब्यबस्थित हुन चालक सह चालक ब्यबस्थापन ,सडक पार्किङ ब्यबस्थापन ,सडक दुर्घटना ब्यबस्थापन ,सबारी प्रदुषण ब्यबस्थापन , अपांग र प्रबिधिमैत्री यातायात सहित सचेतनामा जोड दिन आग्रह गर्दै सडकमा दुर्घटना न्यूनीकरण गरेर यात्रूमैत्री बिकृती रहित यातायात क्षेत्र निर्माणका लागि सबैको सामुहिक प्रयासमा जोड दिए । रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सडक र यात्रा सुरक्षित बनाउनेतर्फ आफ्नो नीति तथा कार्याक्रम कार्यान्वयन भैरहेको जानकारी दिदै देखिएका कमजोरी तत्काल सुधार्न प्रयत्न भएको उल्लेख गरे ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्बाधार तथा यातायात मन्त्रालयका सचिब नवराज शर्माले स्थानिय यातायात ब्यबस्थापनका लागि स्थानीय तहका सरकार सहित व्यबस्थापन हेर्ने सरकारी संस्थालाई बढी भन्दा बढी जिम्मेवार बनाउन प्रयास भएको उल्लेख गर्दै प्राप्त गुनासा र सुझावलाई प्रभाबकारीताका साथ कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सहभागीबाट समयमा सवारी अनुमति नबिकरण नहुनु , सबारी चाप बढी हुँदा ब्यबस्थापनमा असहज भएको ,सबारीहरूको तिब्रगति र ओभरटेक, बस स्टप व्यवस्थित हुन नसकेको, घुम्तीमा लेन्सको व्यवस्थापन, लेन अनुसासनका लागि कार्य गर्न, मालबाहक सबारीको पार्किङ ब्यबस्थापन लगायतका सुझाव प्राप्त भएको जिल्ला समन्वय अधिकारी नवराज बरालले बताए ।

नागरिक समाजका अगुवा राम बहादुर पौडेलले सडक व्यबस्थित बनाउन चालकहरू पहिले अनुशासित हुनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा यातायात ब्यबस्थापनका समस्या ,चुनौती र समाधानका प्रयासका सन्दर्भमा यातायात ब्यबस्था कार्यालय गण्डकीका प्रमुख ढाकाराम शर्माले अबधारणा प्रस्तुत गरेका थिए ।

शर्माले सबारी संख्यामा वृद्धि ,सदक पुर्बाधारको स्तरोन्नति नहुनु,आधुनिक सडक पूर्बाधारको कमि, पर्याप्त पार्किङ अभाब, बैज्ञानिक बाटो इजाजत ब्यबस्थापन, सडक किनार अतिक्रमित हुनु, सबारी प्रदुषणको अबस्था बढ्नु र लापरबाहीपूर्ण सबारी साधन संचालन हुनु, केही स्थानमा ब्यनसायीहरू बिचको अस्वस्थ प्रतिस्पर्धा प्रमुख समस्याको रूपमा देखिएको उल्लेख गर्दै समाधानका लागि भएका प्रयासको बारेमा जानकारी दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, यातायात ब्यबस्था कार्यालय, यातायात व्यबसायी तथा सम्बद्ध संघ संस्थाका प्रमुख, नागरिक समाज, उपभोक्ता मञ्च, कास्कीका पालिकाहरूका प्रशासकीय अधिकृत र प्रतिनिधि र संचारकर्मीहरूको उपस्थिति थियो ।

कार्यक्रममा उपप्रमुख सरिता मालले स्वागत र जिल्ला समन्वय अधिकारी नवराज बरालले कार्यक्रम सञ्चालन गरेका सूचना अधिकारी लक्षु शर्माले जानकारी दिए ।

  • २३ आश्विन २०८३, शुक्रबार १६:२१ प्रकाशित