पोखरा स्कुल बस दुर्घटना : मृतक ५ मध्ये ४ को र घाइतेको पहिचान खुल्यो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका(२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको स्कुल बस दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये ३ जनाको र घाइतेको पहिचान खुलेको छ ।

दुई मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । ज्यान गुमाउनेमा उपचारका लागी स्कुल बसलाई लिफ्ट मागेका व्यक्ति पनि रहेका छन् ।

ट्युसन पढ्न जाँदै गरेका कक्षा १० का विद्यार्थी सवार बस दुर्घटनामा पर्दा ५ जनाको ज्यान गएको छ अन्य १४ घाइते भएका छन्।

अस्पतालका अनुसार घाइते र मृतकहरूको नामावली यस प्रकार छ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल)

१. ममता तिवारी (उमेर अनुमानित १२/१३ वर्ष)

२. अशिम कँडेल (उमेर अनुमानित १३/१४ वर्ष)

३. बाबुराम तिवारी (६५ वर्ष, पोखरा(२८) – (उपचारका लागि लिफ्ट मागेका यात्री)

४. सुवेच्छा तिवारी

अन्य १ जनाको पहिचान खुल्न बाँकी रहेको छ ।

एक जना गम्भीर घाइते भएका छन् । १५ वर्षीया अस्मी कँडेलको अवस्था गम्भीर रहेको छ । उनलाई टाउको र ढाडमा चोट लागेको छ ।

मध्यम घाइतेहरू

१. आकृति बुढाथोकी

२. स्नेहा गौतम (१४ वर्ष, पोखरा-२८) – टाउकोमा चोट

३. सोनिया तिवारी (१३ वर्ष, पोखरा-२८) – टाउकोमा चोट

४.अंकित पराजुली (१३ वर्ष, पोखरा-२८) – टाउकोमा चोट

५. स्मृती खत्री ९(१५ वर्ष, मादी गाउँपालिका-१२) – टाउकोमा चोट

६. स्नेहा तिवारी (१६ वर्ष, मादी गाउँपालिका-१२) – टाउकोमा चोट

७. आकृती बुढाथोकी (१४ वर्ष, मादी गाउँपालिका-१२) – टाउकोमा चोट

८. मेरिना तिवारी (१५ वर्ष, मादी गाउँपालिका-१२) – टाउकोमा चोट

९. सुप्रिया आचार्य (१४ वर्ष, मादी गाउँपालिका-१२) – टाउकोमा चोट

१०.यमन मगर (१६ वर्ष, मादी गाउँपालिका-१२) – टाउकोमा चोट

११. तुल बहादुर गुरुङ (५७ वर्ष, चालक, पोखरा-१५) – ढाड र छातीमा चोट

 

गण्डकी मेडिकल कलेज
  (बोल्न सक्ने अवस्थाका घाइतेहरू)

१. सृष्टि तिवारी (१६ वर्ष, पोखरा-२८ सौर्य, कक्षा १०) – टाउको, दायाँ कुम, कम्मर र दायाँ खुट्टामा चोट

२. शिसन थापा मगर (१६ वर्ष, पोखरा-२८ सौर्य, कक्षा १०) – टाउको, ढाड र दुवै हातमा चोट

३. सौगात तिमिल्सिना (१६ वर्ष, पोखरा-२८ डाँडागाउँ, कक्षा १०) – टाउको, ढाड र दुवै खुट्टामा चोट

उद्धार कार्यमा खटिएका इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत ३१ वर्षीया प्रहरी जवान अर्जुन शाही सामान्य घाइते भएका छन्। उनको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार भइरहेको छ।

  • २३ आश्विन २०८३, शुक्रबार १२:१३ प्रकाशित