काठमाडौं ।
बिहीबार सेयर बजार परिसूचक नेप्से २.३१ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २५७४ अंकमा कायम भएको छ ।
कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ३ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९३ करोडको भयो । आज १४० कम्पनीको मूल्य बढ्दा १२७ को घटेको छ । ११ कम्पनीको मूल्य स्थिर रह्यो ।












