काठमाडौं ।
साताको कारोबारको पाचौ दिन आज बिहीवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो ।
आज सुन तोलाको २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।कारोबारको अघिल्लो दिन प्रतितोला २९२३०० रुपैयाँमा कारोबार भएको थियो
यता चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला ४३९० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।












