आज सेयर बजार घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

बुधबार सेयर बजार परिसूचक नेप्से ६.३८ अंक घटेको छ । यो कमीसँगै नेप्से २५७२ अंकमा कायम भएको छ ।

कारोबार रकममा सुधार देखिएको छ । अघिल्लो दिन ३ अर्ब १३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७४ करोडको भयो । आज ९९ कम्पनीको मूल्य बढ्दा १६७ को घटेको छ । १३ कम्पनीको मूल्य स्थिर रह्यो ।

  • २१ आश्विन २०८३, बुधबार १५:३२ प्रकाशित