कांग्रेसको बन्दसत्र दिउँसो ४ बजेसम्मका लागि सर्‍यो

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गतको बन्दसत्र दिउसो ४ बजेसम्मको लागि सरेको छ ।

कांग्रेसको नीति प्रशिक्षण तथा प्रतिष्ठानका कार्यकारी निर्देशक डाक्टर सुरेश आचार्यका अनुसार वर्षाका कारण बन्दसत्र दिउँसो ४ बजेसम्मका लागि सारिएको हो ।

वर्षाका कारण महाधिवेशन प्रतिनिधिहरू तितरबितर भएका छन् । बन्दसत्रको हलमा पुग्ने ठाउँ पनि पानीले ढाकेकोले समय पर सारिएको हो ।

  • २१ आश्विन २०८३, बुधबार १४:१८ प्रकाशित