शेखर कोइरालाले भने,‘गठबन्धन छाडेर एक्लै चुनावमा जाऊँ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले काँग्रेस एक्लै चुनावमा लड्नुपर्ने दोहोर्याएका छन् ।

हाल जारी गठबन्धनलाई अप्राकृतिक भन्दै एक्लै चुनावमा जानु पर्नेमा उनको जोड रहेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा आफ्नो मन्तव्य राख्दै उनले एक्लै चुनावमा जानु पर्नेमा जोड दिएका हुन्।

मैले बिगतदेखि नै कांग्रेसले कांग्रेसलाई अर्थात रुख छापमै मतदान गर्न पाउनु पर्छ भन्दै आएको तथ्यलाई यहाँ स्मरण गराउन चाहन्छु,’ कोइरालाको भनाइ छ, ‘यसको अभिप्राय भनेको हाम्रो राजनीतिक आदर्श विपरित अप्राकृतिक गठबन्धन गर्नुको साटो पार्टीभित्र सुदृढ एकता कायम गर्दै, कार्यकर्ता साथीहरुको न्यायोचित व्यबस्थापन गरेर जाँदा कांग्रेस एक्लैले स्थानीय तहमा अत्यधिक सिट जित्न सक्छ ।’

  • २८ माघ २०७८, शुक्रबार १६:५२ प्रकाशित