नेष्टको २४ औं बार्षिक साधारण सभा सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।

सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेष्ट) को २४ औं वार्षिक साधारण सभा सनिवार पोखरामा सम्पन्न भएको छ । साधारणसभाको  उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सीप मार्फत सशक्तीकरण सहित अय आर्जनका सन्दर्भमा नेष्टको भूमिका उल्लेखनीय रहेको उल्लेख गरे

उनले समाजका सीमान्तकृत, पछाडी परेका समुदायलाई थप ध्यान सहित आयआर्जनका कार्यक्रम संचालन गर्न आग्रह गर्दै यसले अबसरहरूको पहिचान र स्वरोजगारको निर्माणका लागि महत्त्वपूर्ण हुन उल्लेख गरे ।

कार्यक्रममा रुपान्तरण महिला समूह पोखरा १५ का अध्यक्ष बेलमाया गुरुङ ,पोखरा महानगर पालिका वडा न १५ का अध्यक्ष तोरण बहादुर बानियाँ, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारी लगायतले बोलेका थिए।

सो अबसरमा संस्थाका कर्मचारीहरू कार्यक्रम प्रबन्धक हरि प्रसाद लुइँटेल ,लेखा तथा प्रशासन सहायक मुना मजाकोटी र कार्यालय सहायक मनु जिसीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

 

सो संस्थाका अध्यक्ष सुर्य प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारण सभामा स्वागत उपाध्यक्ष कमला श्रेष्ठ र संचालन सचिब कुम गुरुङले गरेका दिए  ।

  • १७ आश्विन २०८३, शनिबार १८:५० प्रकाशित