पोखरा ।
नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ मा पुन निर्वाचनको माग गरिएको छ ।
क्षेत्रीय अधिवेशनअन्तर्गत भएको निर्वाचन रद्द गरी पुनः मतदानको माग गरिएको हो। क्षेत्रीय सभापतिका उम्मेदवार सुभाष सिग्देल, प्रदेशसभा क्षेत्र नम्बर २ (क) का उम्मेदवार अर्जुन पोखरेल र (ख) का उम्मेदवार दीपेन्द्र मर्सानीले निर्वाचन अधिकृतसमक्ष निवेदन दिँदै पुनः निर्वाचनको माग गरेका हुन्।
असोज १२ र १३ गते भएको निर्वाचनमा ३२ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको र मतपत्रमा नम्बरसमेत उल्लेख नभएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।
उनीहरूले त्यस्ता मतपत्रको मतसमेत गणना गरी परिणाम घोषणा गरिएको भन्दै निर्वाचन रद्द गरेर पुनः मतदान गराउन माग गरेका छन्। निर्वाचन अधिकृतलाई बुझाइएको निवेदनमा तीनै उम्मेदवारले हस्ताक्षर गरेका छन्।















