काठमाडौं ।
राष्ट्रिय सभाले भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन तथा अनुगमन गर्न संसदीय विशेष समिति गठन गरेको छ।आज बसेको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले ९ सदस्यीय संसदीय विशेष समिति गठन गरेको जानकारी गराएका हुन्।
समितिमा सांसदहरू गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा रहेका छन्। एक सदस्यको पछि थप गर्ने उनले बताए।
समितिको कार्यावधि पुस मसान्तसम्म रहने बताए।
प्रतिनिधि सभाले पनि भोटेकोशी बाढीबारे अध्ययन गर्नका लागि १५ सदस्यीय विशेष समिति गठन गरेको थियो। समितिको संयोजक रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली रहेका छन्।













