बाटोको सुरक्षा प्रत्याभूति नभएसम्म अग्रिम टिकट बुकिङ नखोल्ने यातायात व्यवसायीको अडान

केन्द्रभाग मिडिया

b;}Fsf] nflu l6s6 a'lsª b;}F dgfpg 3/ hfgsf nflu gofF a;kfs{df z'qmaf/b]lv v'n]sf] clu|d l6s6 sfp06/df l6s6 a'lsª u/fpg]x?sf] eL8 . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं।

बाढी(पहिरोले क्षतविक्षत बनाएका सडक पूर्वाधारको तत्काल पुनर्निर्माण, वित्तीय संस्थाहरूको ऋण किस्ता सहजीकरण र सरोकारवाला निकायहरूबिच व्यावहारिक समन्वय नभए यस वर्षको दसैँ, तिहार तथा छठ पर्वको सार्वजनिक यातायात व्यवस्थापन सहज नहुने चेतावनी यातायात व्यवसायीहरूले दिएका छन्।

चाडपर्वका अवसरमा काठमाडौँ उपत्यकाबाट मात्रै बाहिरिने करिब १५ देखि १६ लाख यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउनुपर्ने चुनौतीपूर्ण दायित्व रहेका बेला देशका प्रमुख राजमार्गहरूको अवस्था दयनीय बनेपछि यातायात क्षेत्र गम्भीर अन्योलमा परेको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद (सरोज)सिटौलाले केवल प्रशासनिक आदेशका भरमा सडकमा सवारीसाधन गुडाउन नसकिने स्पष्ट पार्दै जमिनको यथार्थ बुझेर समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्। सडकको अवस्था नसुध्रिएसम्म अग्रिम टिकट बुकिङ खोल्नुको कुनै औचित्य नरहेको उनको भनाइ छ।

  • १५ आश्विन २०८३, बिहीबार १३:४० प्रकाशित