काठमाडौं ।
आज बिहीवार सुनको मूल्य स्थिर रहेको छ।
कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य स्थिर रही प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।














