मानव अधिकार आयोगले एसएसपी खड्कासँग लियो लिखित बयान

केन्द्रभाग मिडिया

काठमाडौं ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्कासँग राष्ट्रिय मानव अधिकार आयोगले लिखित बयान लिएको छ । मंगलबार पुलचोकस्थित आयोगको कार्यालयमा पुगेर खड्काले लिखित बयान दिएका हुन् ।

एसएसपी खड्कासँग बयान लिइएको आयोगका सह प्रवक्ता ९उपसचिव० श्यामबावु काफ्लेले जानकारी दिएका छन् ।पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको आयोगको टोलीलाई आइतबार प्रहरीले भेटघाटमा रोक लगाएको थियो ।

आइतबार बिहान पक्राउ गरेर प्रहरीले जबरालाई टेकुस्थित अनुसन्धान कार्यालयमा राखेको थियो । जबराको अवस्था बुझ्न गएको आयोगको टोलीलाई प्रहरीले गेटबाट फिर्ता पठाएपछि आयोगले त्यसमा आपत्ति जनाएको थियो ।

त्यसपछि आयोगले अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई बयानमा बोलाएको थियो । घटनाबारे आयोगको अनुसन्धान महाशाखाले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • १३ आश्विन २०८३, मंगलवार १५:३७ प्रकाशित