पोखरा।
पर्वतमा सुक्खा पहिरोले घर पुरिँदा एक जना घाइते भएका छन् ।
जलजला गाउँपालिका–७, लामाबगरमा सुख्खा पहिरोले घर पुरिँदा ६५ वर्षीय आत्माराम आचार्य घाइते भएका हुन् ।आज बिहान करिब साढे ५ बजे ढुङ्गा–माटोसहितको सुख्खा पहिरो खस्दा उनी घरमा च्यापिएर घाइते भएका हुन् ।
घरभित्र च्यापिएको अवस्थामा उद्धार गरी उनलाई उपचारका लागि म्याग्दीस्थित बेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।आँखाको माथिल्लो भाग र टाउकोमा चोट लागेका आचार्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।














