पावर म्याक्स टाइगरको, गेमिङ महिलाको !

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपालमा महिला ई–स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय महिला PUBG मोबाइल च्याम्पियनसिप २०२६ को अन्तिम प्रतिस्पर्धा आज काठमाडौँको महाराजगञ्जस्थित शुभ इन्टरटेन्मेन्टमा हुँदैछ । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको पावरप्याक्ड ऊर्जासँगै प्रतियोगिताको अन्तिम चरणमा महिला खेलाडीहरूको जोश, उत्साह र प्रतिस्पर्धा थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।

कुल २४ महिला टोलीको सहभागिताबाट सुरु भएको प्रतियोगितामा उत्कृष्ट १६ टोली अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन् । आज हुने फाइनलमा १६ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको कुल पुरस्कार राशि १,००० अमेरिकी डलर रहेको छ ।

महिला ई–स्पोट्र्सको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीहरूलाई राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले महिला खेलाडीहरूको प्रतिभा र सम्भावनालाई थप उजागर गर्नेछ । म्याक्स टाइगरको पावरप्याक्ड एनर्जीले फाइनलको उत्साह, जोश र प्रतिस्पर्धात्मक माहोललाई अझ ऊर्जावान बनाउनेछ ।

  • १२ आश्विन २०८३, सोमबार १७:३२ प्रकाशित